यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए

१९ असार,काठमाण्डौ ।
बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् ।मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटको लागि टोली बन्द प्रशिक्षणमा रहेको छ ।साफ यु–२० प्रतियोगितामा समुह चरणअन्तर्गत नेपालले पहिलो खेल माल्दिभ्ससँग श्रावण ९ गते खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग श्रावण ११ गते प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा भारतसँग श्रावण १५ गते भिड्नेछ । चौथो खेलमा भने नेपाल र बंगलादेश श्रावण १७ गते आमने सामने हुनेछ ।यस्तै, एएफसी छनोटअन्तर्गत नेपालले पहिलो खेल भुटानसँग भदौ २५ गते खेल्नेछ ।

दोस्रो खेल कतारसँग भदौ २७ गते र तेस्रो खेल बहराइनसँग भदौ २९ गते खेल्नेछ । चौथो खेलमा भने नेपाल बङ्गलादेशसँग असोज २ गते भिड्नेछ ।
बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीः
गोलकिपर ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख,डिफेन्डर सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर रहेका छन भने, मिडफिल्डरमा अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मेजय धामी, माहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान रहेक छन् । यस्तै फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा र रोहन खड्गी रहेका छन् ।

FilePhoto

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।