नेपाली बक्सिङ टोली रुस प्रस्थान

३१ जेष्ठ,काठमाण्डौ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली रुस प्रस्थान गरेको हो ।टोलीमा मन्त्रालयका सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का विभागीय प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीको निजी सचिव रोशनकुमार सुनार, बक्सिङ संघको तर्फबाट संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले हुनुहुन्छ ।

रुस भ्रमणको क्रममा दुवै देशको खेलकुद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरूमा छलफल हुने बताइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।