आईपीएल टी-२०:दिल्लीसँग हैदरावाद पराजित

२३ बैशाख,काठमाण्डौ ।
सनराईजर्स हैदरावादलाई २१ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेको थियो ।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै रोभम्यान पावेलले ६७ रनको योगदान गरे । जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौ स्थानमा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।