नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

५ बैशाख,काठमाण्डौ ।
नेपाली राष्ट्रिय टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल र अफगानिस्तानबीच कतारको दोहामा आउँदो जेठको ११ र १५ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । एसियन कप फुटबल छनोटको तयारी गरिरहेको नेपालले छनोटअघि मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।आउँदो जुनमा हुने छनोटका लागि नेपाल कुवेत, इन्डोनेसिया र जोर्डनसहित समूह ‘ए’ मा रहेको छ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली आउँदो वर्ष हुने एसियन कप फुटबलका लागि छनोट हुनेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।