कलाकार जयनन्द लामाको निधन

११ फाल्गुन,काठमाण्डौ ।
गायक एवं कलाकार जयनन्द लामाको बुधबार बिहान मृत्यु भएको छ । लामाको निधनमा कलाकर्मीहरुले सामाजिक संजालमा शोक व्यक्त गरेका छन् । लामाका निकटतमहरुले राती २ बजे आफै गाडी चलाएर घर गएको र गाडी पार्किङ गरेर झर्ना लाग्दा हार्ट-अट्याक भएको बताएका छन् ।जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको हो । लामाले २०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

लामाले छक्कापञ्जा, मनको बाँधलगायत चलचित्रहरुमा अभिनय गरेका थिए । उनी भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्दै आएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।