इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

९ माघ,काठमाण्डौ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार राति भएको खेलमा युनाइटेडको जितका लागि इन्जुरी समय मार्कुस रासफोर्डले निर्णायक गोल गरे । इन्जुरी गोलसँगै वेस्ट ह्याम युनाइटेड म्यानचेस्टरसँग १–० ले पराजित भएको हो ।जितसँगै युनाइटेडले ३८ अंक बनाएको छ । २२ खेल खेलेको युनाइटेड चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यम भने ३७ अंकसहित पाँचौं स्थानमा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।