काठमाडौं । गायिका समिक्षा अधिकारी र नायक पल शाहबीचको विवाद पुन: सतहमा आएको छ । सन् २०२१ अक्टोबर २४ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेखेपछि पल र उनीबीचको विवाद साम्य भएको थियो । उनले त्यो बेला पलसँग एक कलाकारको सम्बन्ध र अभिभावकको जस्तो सम्बन्ध रहेको भनेपछि कलह साम्य भएको थियो ।
तर बिहीबार उनले एक्कासि अक्टोबर २१ को स्टाटसको स्क्रीन सट राखेर अर्को स्टाटास लेखेकी छन् ।उनले पहिलेकै विषयलाई समस्याको रुपमा उठाउँदै पलसँगको असन्तुष्टि पोखेकी छन् । र, लामो कुरा नगरी चाँडोभन्दा चाँडो यथार्थ खुलाउने उल्लेख गरेकी छन् । उनले २०२१ अक्टोबर २४ मा आफै अनि आफ्नै फेसबुक वालमा राखेको लामो स्टाटसको भाव आफैले खारेजी गरेकी हुन् ।
उनले भनेकी छन्, ‘म लामो केही भन्दिनँ । २०२१ अक्टोबर २४ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेकी थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’ यसबाट अधिकारीले शाह संगको समबन्ध पुष्टी गर्न लागेकी सहजै बुझ्न सकिन्छ ।







