३० पौष,काठमाण्डौ ।
समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई जीवन्त रूपमा प्रस्तुत गरिएको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ। यस गीतमा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ।गीतमा शब्द गीतकार नारायण रसाइलीको रहेको छ। दिप घतानीले संगीतवद्द गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन्।
भिडियोमा पल शाह र प्रियाना आचार्यको अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।







