२६ पौष,काठमाण्डौ ।
ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरेलाई हिरासतमा राख्न थप १७ दिनको म्याद थप गरिएको छ । सोमबार अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए ।पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो ।
पहिलोपटक जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पुस २१ बाट लागू हुनेगरी आइतबार दोस्रोपटक म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।







