अमेरिकामा गायक राजेश पायल राई स्टेजमै कुटिए

१८ पौष,काठमाण्डौ ।
राई ईज किङका उपमाले चिनिए गाय राजेश पायल राई अमेरिकामा आयोजित एक सांगितिक कार्यक्रममा गीत गाउदा गाउदै स्टेजमै कुटिएका छन् ।‘न्यू ईयर ईभ २०२२’ को सो सांगितिक कार्यक्रम राईमाथि एक दर्शकले स्टेजमा उक्लिएर कुटेका हुन् । स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट आएका एक दर्शकले घाँटी समातेर उनीमाथि कुटपिट गरेको हुन् । त्यसपछि आयोजक र दर्शकले राईलाई स्टेजमै पुगेर थप कुटिनबाट जोगाएका थिए ।

राईलाई कुटेको भिडियो अहिले सामाजिक संजालमा भाईरल भएका छन्। उक्त घटना घटे लागतै कार्यक्रम समेत स्थगित भएको थियो । यस बारे राईले कुनै प्रतिकृया जनाएका छैनन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।