‘द बेस्ट फिफा’ अवार्डको मनाेनयन सार्वजनिक

एजेन्सी,
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यस वर्षको मनोनयन सार्वजनिक गरेको छ । फिफाले विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको हो ।पुरुषतर्फ यस वर्ष मनोनयनमा पर्ने खेलाडीहरुमा गत वर्षका विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना छन् । मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन् ।महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् ।

महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । महिला र पुरुष प्रशिक्षकतर्फ समान ५ जना मनोनयनमा परेका छन् ।फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्बरसम्म रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।