भोलिदेखि विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु हुदै

एजेन्सी : विश्वकप टी–ट्वान्टीअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा नामिबियाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।भारतको जितमा रोहित शर्माले ५६ रन जोड्दा लोकेस राहुलले अविजित ५४ रनको योगदान गरे । जितका बाबजुद भारत विश्वकपको समुह चरणबाटै बाहिरिएको छ । समुहका ५ खेलबाट भारतले ६ अंक मात्रै जोड्न सक्यो । समान खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड र १० अंक जोडेको पाकिस्तान सेमिफाइनलमा प्रवेश गरे ।विश्वकप टी–ट्वान्टी क्रिकेटका सेमिफाइनल खेलहरु भोलिदेखि हुनेछन् । पहिलो सेमिफाइनलमा भोलि बेलुकी पौने ८ बजे अबुधाबीमा इंग्ल्याण्डले न्युजिल्याण्डको सामना गर्नेछ । यसैगरी बिहीवार वेलुकी दुबइमा हुने दोस्रो सेमिफाइन खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।