युट्युबमा प्रकाशको ‘सुन्तली’ (भिडियो)

९ असोज, काठमाडौं ।
चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालले आफ्नो नयाँ सांगितिक प्रस्तुती ‘सुन्तली’ सार्बजनिक गरेका छन् । कटुवालको आफ्नै शब्द तथा संगित रहेको “सुन्तली” बोलको गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।केहि समय संगीत बाट टाढा रहेका कटुवाल फेरी ‘सुन्तली’मार्फत् उदाएक हुन् । सार्बजनिक ‘सुन्तली’मा प्रकाश कटुवाललाई गायिका टिका सानु,गोबिन्द गौतम र निर्मला लामाले स्वरमा साथ दिएका छन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा गायक कटुवाललाई कलाकार शारदा गिरी, प्रकाश सोनी,टिका सानु,एलीना रायमाझी,गोविन्द गौतम,सबिना चौहान,बिबश बस्नेत,कल्पना सुनुवार,निर्मला लामा,कुमार कार्कीले अभिनयमा साथ दिएका छन् ।

गीत गायक कटुवालको प्रकाश कटुवाल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।