१७ भाद्र, काठमाडौं ।
एजेन्सी : कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको खेलमा पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ । रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाए पनि खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै पोर्चुगललाई जित दिलाए । इन्ज्युरी समयमा विजयी गोल गर्दै रोनाल्डोले टोलीलाई जित दिलाउन सफल रहे ।
पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लियो । उसका लागि जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो । रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए ।







