राजनीतिबाट विदा लिन चाहन्छुः प्रचण्ड

१२ भाद्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब आफूले राजनीतिबाट छिट्टै विदा लिन मन लागेको बताएका छन् । वाईसिएल नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले अब राजनीतिमा नेतृत्वमा लामो समय बस्नु भन्दा पनि विश्राम लिएर संस्मरण लेख्न मन लागेको बताए । ३८ सालमै आफू युवा संघको अध्यक्ष भए देखि नै विभिन्न नेतृत्वमा रहँदै अहिले सम्मको स्थिति देखे भोगेको भन्दै प्रचण्डले युवालाई समाजवादी क्रान्तिको नेतृत्व गर्न तयार हुन आव्हान गरे । यसैबीच एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले प्रधानमन्त्रीमा टिक्न ओलीले ठगी धन्दा गरेको आरोप लगाए ।त्यही ठगी धन्दाको रुपमा पार्टी एकता गरेको, भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेको तर व्यवहारमा त्यसो नभएको प्रचण्डको आरोप छ ।

ओलीलाई प्रतिगमनका नाईकेको संज्ञा दिदै प्रचण्डले उनकै कारण नेकपाको एकता नटिकेको बताए । प्रतिगमनलाई परास्त गर्न पटक पटक जीवन मरणकै रुपमा संघर्ष गरेको भन्दै प्रचण्डले प्रतिगमन सच्चियो भनेर माधव नेपाल र आफूले लड्डु खान नपाई फेरी ड्याम्म घन हानिएको बताए ।प्रचण्डले १५ लाख युवालाई संगठित गरेर उत्पादन र रोजगारीमा जोडेर अब परिवर्तनको रक्षामा वाईसिएल लाग्नु पर्ने पनि बताए ।विज्ञान र प्रविधिको प्रयोग गरेर यो भेला गर्न सफल भएकोमा वाईसिएललाई उनले बधाई दिए । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।