१ भाद्र, काठमाडौं ।
भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ को उपाधि नेपाली मुलका पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । उनी उत्तरखण्ड भारतको चम्पावत जिल्लाका बासिन्दा हुन् । चम्पावतमा नेपाली भाषा बोल्नेको संख्या उल्लेख्य छ ।
पवनदीपले यसअघि भ्वइस अफ इण्डियाको उपाधि पनि जितिसकेका छन् । तर संगीत क्षेत्रमा अझै भनेजस्तो स्कूप नपाएकोले पुनः आइडलमा सहभागी बन्न आएको पवनदीपले पहिलो अडिसनमै भनेका थिए ।यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।







