एनआरएनए पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी विजयी

२८ साउन, लिस्वन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुगलको अध्यक्षमा रविन अधिकारी बिजयी बनेका छन् । प्रतिस्पर्धी सोमफुरी शेर्पालाई पछि पार्दै अध्यक्षमा अधिकारी विजयी भएका हुन् ।
अधिकारीले कुल ७९४ मत ल्याउँदा शेर्पाले १५० मत प्राप्त गरेका छन । यता आइसीसी सदस्यमा भिमसेन थापा विजयी भएका छन् । थापासँगै चुनावी मैदानमा उत्रिएका हेमराज सुवेदीले २७६ मत मात्रै प्राप्त गरेका थिए । दुई चरणमा भएको संघको निर्बाचनबाट बरिष्ठ उपाध्यक्षमा सीता श्रेष्ठ विजयी भएकी छिन् ।श्रेष्ठले ६०३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी बिष्णु बस्नेतले ३४४ मत प्राप्त गरे । बुधबार भएको मतगणनाबाट संघको महिला उपाध्यक्षमा दीपा काफ्ले निर्बाचित भएकी छिन् । उनले ५६७ मत पाउँदा सोही पदकी प्रत्यासी निर्मला ढकालले ३०९ मत मात्रै प्राप्त गरिन् ।

यस्तै संघको उपाध्यक्षमा दिनेश भण्डारी र उमेश खड्का विजयी भएका छन् । महासचिवमा राजकुमार थापाले बाजी मारेका छन् । यस्तै संघको नयाँ कार्यसमितिको सचिवमा रवि अर्याल र राजेश दुलाल विजयी भएका छन ।त्यसैगरी सघको कोषाध्यक्षमा युवराज खनाल विजयी भएका छन् । यस्तै सह कोषाध्यक्षमा नविन सापकोटा विजयी भएका छन ।

संघको महिला संयोजकमा सीता ढकाल विजयी भएकी छिन् ।यसअघि युवा संयोजक, लेखा समिति संयोजक र सदस्यहरु निर्विरोध भइसकेका छन् । संघको निर्बाचनमा नेपाली जनसम्पर्क समिति पोर्चुगलसँग माओवादी र माधव पक्षले सहमति गरेको थियो भने केपी शर्मा ओली पक्षसँग जनता समाजवादी पार्टीले चुनावी सहमति गरेको थियो ।कुल १ हजार ६ सय ८८ पञ्जिकृत सदस्य रहेको पोर्चुगलमा १ हजार ५ मत खसेको थियो । जहाँ लिस्वनमा ६३४ मत खस्दा अल्गार्भ, अलेन्तेजो र नर्थ क्षेत्रमा ३७१ मत खसेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।