अमेरिका बाट नेपाल गएर भ्वाईस अफ् नेपालको बिजेता बने किरण गजमेर

२४ साउन, काठमाडौं ।
नेपालको चर्चित सांगीतीक रियालीटी सो द भ्वाईस अफ् नेपाल सिजन ३ को उपाधी किरण गजमेरले जीतेका छन् । नेपालमा भुटानी शरणार्थीका रुपमा रहेका किरण अमेरीकामा पुनर्स्थापित भएका थिए ।उनी भ्वाईस अफ् नेपालका लागि अमेरीका बाट नेपाल आएका थिए । गएराति सम्पन्न फाईनलमा संसारभर छरिएका नेपालीले अनलाईन र एसएमएसका भोटका आधारमा सर्वाधिक मत ल्याएर गजमेर बिजेता बनेका हुन् । उनको कोच प्रमोद खरेल रहेका थिए ।फाईनलमा दीप श्रेष्ठको तर्फबाट दार्जेलिंगका आर्यन तामागं, राजुको तर्फबाट बागलुगंकी तारा श्रीष मगर र तृष्णा गुरुगंको तर्फबाट भोजपुरका ज्वाला राई फाईनलमा प्रतिस्पर्धा गरेका थिए ।विजेता किरणले नगद २५ लाख रुपैया सहितका उपहार प्राप्त गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।