गौरीकाले ओलम्पिकमा सुधारिन् राष्ट्रियम कीर्तिमान

१३ साउन, काठमाडौं ।
नेपालको उदीयमान पौडीबाज गौरीका सिंहले टोकियो ओलम्पिकमा आफ्नो राष्ट्यि कीतिमानमा सुधार गरेकी छन् । महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् ।लङ कोर्स ५० मिटरको स्वीमिङ पुलमा ओलम्पिक अघिमात्रै केही दिन अभ्यास गरेकी गौरीकाले विना कुनै कोच प्रतिस्पर्धा गरेकी हुन् । कोभिडका कारण अभ्यास गर्न नपाएकी गौरीकाले कीर्तिमान सुधार हुँदा पनि खुसी व्यक्त गरेकी छन् । उनले ५० मिटरको स्वीमिङ पुल मा दुई वर्षअघि १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ दक्षिण कोरीयामा निकालेको १ मिनेट ६२ मिलिसेकन्डको रेकर्डलाई टोकियो ओलम्पिकमा सुधार गरेकी हुन् । हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जहाँ नाइजेरियाकी एबियोला उगुन्बानयोले ५९.७४ सेकेन्डसाथ पहिलो भइन् । यसमा गौरिका तेस्रो भइन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।