राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अल्मुताईरीले राजीनामा दिने घोषणा

१० साउन, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा लेख्दै आफुले राजीनामा दिने बताएका हुन् ।अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताए । नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहको आरोप छ ।नेपाली फुटवल समर्थक भने उनको यो घोषणाबाट निराश बनेका छन् । उनले टिम सम्हालेपछि नेपालले आक्रामक फुटवल खेल्ने रणनीति लिन थालेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।