मलाई पैसा होइन, मृगौला चाहिएको छ : चम्सुरी

६ साउन,काठमाण्डौ ।
हाँस्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ को भूमिका निर्वाह गरेपछि चर्चित बनेकी हाँस्य कलाकार पल्पसा डंगोल यतिबेला दुबै मृर्गौलाले काम गर्न छोडेपछि केहि दिन देखी शिक्षण अस्पतालमा उपचाररत छिन् । उनलाई चिकित्सकले जतिसक्दो चाँडो मृर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको उनी निकट कलाकार बताउछन् ।पल्पसाको मृगौला फेल भएको खबर सार्बजनिक भएलगत्तै उनको उपचारका लागि भनेर उनका शुभचिन्तकहरुले पैसा उठाउन शुरु गरिसकेका छन् । तर, उनले आफ्ना लागि आर्थिक सहयोग संकलन नगर्न आग्रह गरेकी छन् । कलाकार दीपाश्री निरौलाका अनुसार, मृर्गौला प्रत्यारोपणका लागि १५-२० लाख खर्च लाग्ने भएकाले उक्त रकम पल्पसा आफैंले तिर्ने भएकी छन् ।

सुरुमा चिकित्सकले मृर्गौला प्रत्यारोपणका लागि ५० लाख खर्च लाग्ने बताएका थिए । तर, अहिले चिकित्सकले १५-२० लाखमै उपचार हुने बताएका छन् । दीपाश्री भन्छिन्, ‘पल्पसाले रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताउनुभएको छ । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले अहिले आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भइरहेको छ ।’

पल्पसाले विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी परिवारबाहेक कसैलाई पनि दिएकी थिइनन् । एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।