आज विपी कोईराला स्मृति दिवस

६ साउन,काठमाण्डौ ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ ।विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो ।दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले २०१७ साल पुष १ गतेबाट संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुप¥यो । पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो ।

उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
बिपीले अघि सारेको समाजवादको नीति भने पनि काँग्रेसले त्यो अनुसारको चरित्र र व्यवहार अपनाउन नसकेको गुनासो आउने गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।