अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज वेष्ट इन्डिजको कब्जा

२ साउन,काठमाण्डौ ।
वेष्ट इन्डिजले अष्ट्रेलियासँगको टी–२० सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको छ । शनिबार भएको पाँचौँ खेलमा अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको २ सय रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ९ विकेटको क्षतिमा १ सय ८३ रन मात्र बनाउन सक्यो ।जितसँगै वेष्ट इन्डिजले ५ खेलको टी–२० सिरिजमा ४–१ ले कब्जा जमाएको छ । यसअघि भएको पहिलो, दोस्रो र तेस्रो खेलमा वेष्ट इन्डिजले क्रमशः १८ रन, ५६ रन र ६ विकेटले विजयी भएको थियो भने चौथो खेलमा अष्ट्रेलियाले ४ रनका सान्त्वना जित हासिल गरेको थियो । Photo : ESPNcricinfo.com

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।