३१ असार,काठमाण्डौ ।
नेकपा एमालेका बरिष्ट नेताद्य माधब कुमार नेपाल र झलनाथ खनाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘अखिल फोर्स’ गठन गरेको छ । बिहीबार प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा आयोजित कार्यक्रममा अखिल फोर्स गठन गरिएको हो। फोर्सको संयोजकमा तपेन्द्र शाही चयन भएका छन् ।
अनेरास्ववियुको काठमाडौँ उपत्यका स्तरीय कार्यकर्ता भेलाबाट तपेन्द्र शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो। केही दिनअघि एमाले ओली समूह निकट युवा संघले युथ फोर्स ब्यूँताए लगत्तै नेपाल–खनाल समूहले पनि ‘अखिल फोर्स’ गठन गरेको हो। अखिल फोर्समा १००१ सदस्यीय रहने बताइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल–खनाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति लान्छना लगाएको भन्दै आक्रोश व्यक्त गरे । ओलीका सबै असंवैधानिक क्रियाकलापहरुलाई अदालतले पराजित गरेको शाहिको भनाइ छ।








