१६ असार,काठमाण्डौ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकारले राम्रो काम गरेकाले एमाले झन लोकप्रिय बनेको बताएका छन् । आज पार्टीको दशाँै महाधिवेशन आयोजक समितिको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्रीले सरकारले अभूतपूर्व काम गरेकाले एमाले लोकप्रिय भएको बताए । ईतिहासमा कहिल्यै नभएका सकारात्मक लक्ष्यहरु आफ्नो सरकारले प्रकट गरेको ओलीको दाबी छ ।
सरकारले अभूतपूर्व विकासको काम गरेको उनको भनाई छ ।सरकारले राम्रो काम गरेर जनतामा लोकप्रिय बनेकाले पार्टी भित्रैबाट पार्टीका नेताहरुको धज्जी उडाउने, गाली बेईजति र अपमान गर्ने काम भएको गुनासो उनले गरे ।पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्ति जालझेल, षड्यन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएको जिकिर ओलीको छ ।
अहिले त्यो खेल विरोधीहरूसँगको साँठगाँठमा प्रवेश गरेको पनि ओलीले टिप्पणी गरे । पार्टीभित्र पार्टी सञ्चालनका लागि अवैध सम्झौता गर्नुपर्ने अवस्था सिर्जना गरिएको ओलीले दाबी गरे । यो माधव नेपालप्रति लक्षित छ ।उनले पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको सुनाए ।








