एनआरएनए अष्ट्रेलियामा सदस्यता बढ्यो,३१ जुलाईमा निर्बाचन हुदै

१४ असार,सिड्नी ।
गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि खुला गरेको सदस्यता निबेदन (मेम्बरशिप) बन्द गरेको छ । संघले आबेदन माग गरे बमोजिम कुल १६ हजार ३ सय ८३ जनाले सदस्यताका लागि आबदेन पेश गरेका हुन् । यस पटकको कार्यकालका लागि सर्बाधिक धेरै सदस्यता बिगतमा झै एनएसडब्लु राज्यबाट परेको छ । एनएसडब्लुबाट ६ हजार २ सय ३२ जनाको आबेदन परेको छ । जसमा ७ सय ११ जना लाईफटाईम मेम्बर,५ हजार ३ सय ९४ जना रजिष्टर्ड मेम्बर र १ सय २७ जना एसोसियट मेम्बर छन् ।
यसैगरी एसिटिबाट कुल १ हजार ३ सय ७७ जना,एनटिबाट कुल १ हजार १ सय २९ जना,क्विस्ल्याण्डबाट १ हजार ४ सय ४ जना,साउथ अष्ट्रेलियाबाट कुल १ हजार ९ सय ९ जना,तास्मानियाबाट १ हजार ४ सय १४ जना,भिक्टोरियाबाट २ हजार १ सय ४७ जना र वेस्ट्रन अष्ट्रेलियाबाट कुल ७ सय ७१ जनाको मेम्बरका लागि निबेदन परेको हो । देशैभर कुल १ हजार ५ सय ६७ जना लाईफटाईम मेम्बर पुगेको छ ।

यो समचार तयार पार्दा सम्म आबेदन मध्ये ३ हजार ७ सय ११ जनाको मेम्बरसिप प्रमाणित गरिएको छ । भने,१२ हजार ४ सय ६७ जना नयाँ आबेदन र २ सय १६ जनाको आबेदन प्रमाणित हुन बाँकी छ ।गत कार्यकालको निर्बाचनका लागि कुल १२ हजारको हाराहारिमा मेम्बर थिए । यसपटक मेम्बरशिपमा ठुलै फड्को मारेको बताईएको छ । सन् २०२१-२०२३ को कार्यकालका लागि जुलाई ३१ मा निर्बाचन हुदैछ । ( प्रस्तुत चार्ट एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष अनिल पोख्रेलको फेसबुक पोष्टबाट लिईएको हो ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।