बलिउड अभिनेत्री कटरीना कैफलाई कोरोना पुष्टी

एजेन्सी ।
बलिउड अभिनेत्री कटरीना कैफलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्‍जाल मार्फत् जानकारी दिएकी छन् । पछिल्लो समय बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ । आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगायत बलिउडका चर्चित कलाकारहरु कोरोना पोजिटिभ देखिएको छ।कैफले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु। म तुरुन्तै होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस्।’भारतमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ । भने,त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।