रोनाल्डोको गोलमा जोगियो युभेन्ट्स

२२ चैत्र,एजेन्सी,
इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४६ औं मिनेटमा सनाब्रियाले व्यक्तिगत गोल गर्दै टोरिनोलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २-२ गोलको बराबरीमा ल्याए ।यस बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ । टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।