ओलीलाई हटाउन छिट्टै अविस्वासको प्रस्ताव आउने कोईरालाको दाबी

५ चैत्र,काठमाण्डौ ।
नेपाली काँग्रेसका महामन्‍त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन एक साता भित्रै अविस्वासको प्रस्ताव दर्ता हुने दाबी गरेका छन् । कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन बिहीबार विराटनगर पुगेका कोइरालाले विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्।ओली सरकार अवैधानिक भएकाले अब काँग्रेस, माओवादी र जसपा मिलेर विकल्प दिन अविस्वासको प्रस्ताव ल्याउने कोईरालाले बताए । ओली सरकार लामो समय टिक्नु घातक हुने उनको दाबी छ ।संसद विघटन गर्ने ओलीको कदमविरुद्ध आन्दोलित भएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार निर्माण गर्न सम्बन्धमा एक खालको समझदारी बनिसकेको र छिटै त्यसले ठोस् आकार लिन सक्ने बताईएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।