केपी ओली बिरुद्ध जीवनकै अन्तिम र निर्णायक लँडाई लड्ने रामकुमारी झाँकीको चेतावनी

फागुण २९ काठमाण्डौं । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि प्रचण्ड समुहलाई छाडेर एमालेमै फर्किएका माधव झलनाथ समुहका नेताहरुलाई ओली समुहले एकाएक जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि यो समुह आक्रोसित बनेको छ ।

यस्तोमा संस्थागत रुपमा समेत माधव खनाल समुह प्रतिवादमा उत्रने गरी छलफलमा जुटेको छ भने नेताहरुले आकोस व्यक्त गरीरहेका छन् ।
यस्तोमा केही समय अघि राष्टपति विरुद्ध दिएको अभिव्यक्तिका कारण प्रहरीले नियन्त्रणमा लिएर छाडेकी एमाले नेतृ रामकुमारी झाँकीले पनि कडा आक्रोस पोखेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै, यो विधान विपरीतको ज्यादती भन्दै यो कम्युनिष्ट आन्दोलनको विसर्जन भएको बताएकी छन् । तर आफूहरुले यो आन्दोलन विसर्जन हुन नदिने , यसको कानुनी र राजनीतिक दुबै प्रतिवाद गर्ने भनेकी छन् ।

साथीहरु, यो हाम्रो जीवनको अन्तिम र निर्णायक लँडाई हुनेछ , केपी ओलीको नामै नलिई उनले आफ्नो पोष्टमा उल्लेख गरेकी छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।