गुल्मेली गायक तथा सर्जक पौडेलको ‘चरी बनैमा’

नेपाली गीत संगीत क्षेत्रमा लाग्दै आउनु भएका गुल्मेली सर्जक तथा गायक राजु पौडेलले आफ्नो नयाँ मौलिक लोकभाका बजारमा ल्याउनु भएको छ ।चरी बनैमा बोलको गीत भिडियो सहित रोजी म्यूजिक युटुवमार्फत बजारमा ल्याउनु भएको हो । गीतमा लय गायक ओम सेन्चुरी र गुल्मेली गायीका लालुमाया कुंवरलाई वसन्ता खनाल र रमेश विश्वकर्माले समेत साथ दिनुभएको छ । शब्द राजु पौडेल र लय ओम सेन्चुरीले भर्नु भएको छ।

म्युजिक भिडियोको छायाँकन तथा सम्पादन अनिश खड्काले गर्नु भएको छ । गीतको भिडियोमा गौरव वि.सी, सुजता केसी पौडेल, रवि अधिकारी र रीता खत्रीको अभिनय रहेको छ । सर्जक तथा गायक राजु पौडेलको निर्देशनमा तयार भएको भिडियो सहितको गीत वजारमा आएको हो ।

गुल्मी चन्द्रकोटका पौडेलले बुटवललाई कर्मथलो बनाएर गीतसंगीत क्षेत्रमै अघि बढिरहनु भएको छ । चरी बनैमा गीतले गाउँले परिवेशलाई प्रस्तुत गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।