फागुण १७ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पुष ५ मा आफैले विघटन गरेको संसदको बैठक सर्वोच्चले पुनस्थापना गरिदिए पछि सरकारको सिफारीसमा राष्ट्रपतिले बैठक आव्हान गरेकी हुन् ।
सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो ।








