आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र

काठमाण्डौ। सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । तर भारतीय क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको अक्सनको सूचीमा सन्दीप मात्र परेका हुन्। क्यानले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिको थियो। अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुनेछ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।