२० माघ,काठमाण्डौ ।
चर्चित युट्युबर उत्सव रसाईली र अभिनेत्री श्वेता खड्काकी बहिनि आरती खड्का बिरुद्द नायिका सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन् । कार्कीले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । मंगलबार कार्कीले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन् । गत राती दरबारमार्ग स्थित एक पबमा नायिका कार्की,
रसाईली र खड्काको झगडा परेको स्रोत बताउछ । सुष्माले रसाईली र खड्काले आफुमाथि कुटपिट भएको बताएकी छिन् । एक अनलाईनमा रसाईलीले भने कार्की आफैले आफुमाथि दुर्व्यबहार गरेको बताउदै कार्कीले पबमा भएका अन्य कलाकारलाई दुर्ब्यबहार गरेपछि आरती खड्काले एक झापड हानेको बताएका छन् । प्रहरीले भने घटनाको बारे अनुसन्धान भईरहेको र दुबै पक्ष राखेर कुरा गर्ने बताएको छ ।







