१४ पुष,काठमाण्डौ ।
नेपाल भ्रमणमा आएका चीनीया कम्युनिष्ट पार्टीको उच्च स्तरीय प्रतिनिधि मण्डलले आज काँग्रेस सभापति शेर बहादुर देउवासगँ भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा रहेको टोलीले देउवासगँको भेटमा काँग्रेस असल मित्र भएको जनाएको हो । भेट देउवा निवासमा भएको हो । देउवालाई चीनीया टोलीले चीन
भ्रमणको निम्तो समेत दिएको छ ।आईतबार आएको टोलीले यस अघि राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई लगायतकासगँ भेटवार्ता गरेका थिए ।
सो भेटवार्तामा देउवाकाका साथ डा. नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई पनि सहभागी थिए ।
भेटमा चीनीया टोलीले बिपी कोईरालाको पालादेखि नै काँग्रेससगँ असल सम्बन्ध रहेको भन्दै आज पनि काँग्रेस असल मित्र रहेको बताएका थिए । भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको थियो ।








