संसद बिघटन बिरुद्द देशभर काँग्रेसको शक्ति प्रदर्शन

१३ पुष,काठमाण्डौ ।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवादलाई देखाउदै संसद विघटन गरेको बिरोधमा नेपाली काँग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका शीर्ष नेता समेतको नेतृत्वमा प्रदर्शन भएको हो । काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा भक्तपुर, प्रकाशमानसिंहको नेतृत्वमा वानेश्वर, शेखर कोईरालाको नेतृत्वमा विराटनगर, रामचन्द्र पौडेलको नेतृत्वमा तनहुँ , शंशाक कोईरालाको नेतृत्वमा रुपन्देही लगायतका क्षेत्रमा विरोध प्रदर्शन भएको हो । ती प्रदर्शनहरुमा उल्लेख्य मात्रामा काँग्रेस कार्यकर्ताहरु सहभागी थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।