३० मंसिर,काठमाण्डौ ।
हाँस्य कलाकार मनोज गजुरेलले विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेख्ने र उनका बिषयमा बिभिन्न नकरात्मक आरोप लगाएको भन्दै आक्रोश पोखेका छन् ।
करिब ३ बर्ष अघि नै कानुन सम्बत भएको सम्बन्ध बिच्छेदलाई लिएर पुर्ब पत्नी मिना ढकालले दिएको बिभिन्न अभिब्यक्ती प्रति कटाक्ष गर्दै कानुनी उपचारमा जान बाध्य पारिएको लेखेका छन् ।
गजुरेलले फेसबुक मार्फत् सो कुरा स्पष्ट पारेका हुन् । उनले अहिले सम्म धेरै सहेर बसेको तर अत्याचार नै गरेपछि आफू बोल्न बाध्य भएको बताएका छन् । गजुरेलले बिबाह गर्ने लगायकता समचार बाहिरिए संगै उनकी पुर्बपत्नी मिना ढकालले गजुरेललाई ‘सेक्स’ चाहिएकोले बिहे गर्न लागेको लगायत नारीलाई नै अपमान हुने गरी टिकटक भिडियो बनाएकी थिईन् ।
गजुरेलले सामाजिक सन्जालमा आफ्नोबारे बारम्बार अनावश्यक टीका टिप्पणी गर्नुका साथै युटुबमा आफ्ना बाल बच्चाहरुको फोटोको दुरुपयोग गरेको बताएका छन् । यो क्रियाकलापले आफ्नो छोरा छोरीको पढाइ र जीवन आघात परिरहेकोले अब कानुनी उपचार तर्फ लागेको पनि बताएका छन् ।







