२२ मंसिर,काठमाण्डौ ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नि तथा अभिनेत्री श्वेता खड्काले आज दोस्रो पटक बिबाह गर्दैछिन् । श्रीकृष्णको निधन पछि उनले कैलालीका बिजेन्द्र सिंह रावतसगँ बिबाह गर्न लागेका हुन् । “आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दुस्ख बाँड्न तयार एउटा साथी पाएकी
छु ।” उनले सामाजिक सञ्जालमा लेखेकी छन् । उनले आफ्नो आखाँमा आँशु मात्र देख्न चाहनेलाई यो निर्णयले पोल्ने पनि टिप्पणी गरेकी छन् । “मलाई थाहाछ,ुश्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छु भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वतस् हार खानेछन् ”। उनले आज बिहान गरेको पोष्टमा मेहन्दीसगँ रमाउदै छु म भनेर यो तस्वीर समेत सार्वजनिक गरेकी छिन् ।







