प्रिमियर लिगमा बर्नलीको पहिलो जित

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले पहिलो जित हात पारेको छ । जारी सिजनको आठौँ खेल समाप्त हुँदा बर्नलीले पहिलो जित निकालेको हो । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गर्‍यो ।घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए ।जितसँगै बर्नली ८ खेलमा एक जितसहित ५ अंक जोडेर १७औँ स्थानमा छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।photo:google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।