पोखरामा प्याराग्लाइडिङ खस्दा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

८ मंसिर,काठमाण्डौ ।
पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा प्याराग्लाइडिङ बाट खस्दा पाईलटको मृत्यु भएको छ । प्याराग्लाइडिङमा पाईलट संगै उडेका यात्रुको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। प्याराग्लाइडिङ दुर्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो । दुर्घटनामा पोखराको पाईलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो । प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी हुन् । प्याराग्लाइडिङ केकसरी दुर्घटनामा परेको सो अनुसन्धान भईरहेको स्थानीय प्रहरीले जानकारी गराएको छ । File Photo :google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।