२१ कार्तिक,काठमाण्डौ ।
नेपाली कांग्रेसका नेताहरुमा कोरोनाभाइरसको आक्रमण बढेको छ । सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाइए पनि थप ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भए संगै बैठक स्थगित भएको हो । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बढु, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सुजाता परियार, किरण यादव, मो. नसिर सिद्दिकी तथा आमन्त्रित केन्द्रीय सदस्य
कृष्णकिशोर घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । अर्का केन्द्रीय सदस्य मीन विश्वकर्मा कोरोनाको कारण गम्भिर बिरामी भएपछि अस्पतालमा उपचार गराइ रहनुभएको छ । यस अघि पनि गगन थापा लगायत सात जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यासमिति बैठक स्थगित गरिएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्रमित नेताले कोरोनालाई सहजै परास्त गर्ने विश्वास व्यक्त गरेका छ । पौडेलले सामाजिक सञ्जाल मार्फत संक्रमितको शिघ्र स्वास्थ लाभको कामना गरेका हुन् ।






