हाँस्य कलाकार मनोज गजुरेलको अबस्था गम्भीर,आईसियुमा उपचार हुदै

२१ कार्तिक,काठमाण्डौ ।
हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टी भएसङगै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको खुलेको छ । कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि र बुधबार अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बतायो । कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । स्रोतका अनुसार गजुरेललाई अहिले आईसियूमा राखेर उपचार गरिदैछ । सामाजिक संजालमा अहिले गजुरेलको स्वास्थ्य लाभका कामना गरिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।