१३ कार्तिक,काठमाण्डौ ।
छाडा शब्दको प्रयोग गर्दै गीत गाउने गरेका र्यापर भनेर चिनिने समिर घिसिङ तामाङलाई नेपाल प्रहरीले पक्राउ गर्न खोजेको छ । प्रहरीले कार्बाही गर्ने तयारी गरे लगत्तै भिटेनले गीतलाई प्राईभेट मोडमा राखेका छन् । प्राईभेट मोडमा सम्बन्धित खातावालाले मात्र हेर्न पाउनेछ । समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको
भिडिओ प्राइभेट गरेका हुन् । अर्थात् केहि घण्टा अघि सम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ अहिले हराएको छ । भिटेनले गत साता ‘पारा’ बोलको गीत युट्युबमा सार्बजनिक गरेका थिए । भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन् । भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेको थियो।







