१३ कार्तिक,काठमाण्डौ ।
सुन्नै नसकिने छाडा शब्दको प्रयोग गर्दै छाडा गीत गाउने गरेका र्यापर भनेर चिनिने समिर घिसिङ तामाङ फेरी बिबादमा तानिएका छन् । उनी हरेक पटक गीत रिलिज गरेपछि नेपाल प्रहरी संग लफडामा फस्दै आएका छन् । गत बर्ष पनि उनलाई छाडा गीतकै कारण प्रहरीले पक्राउ गरी कार्बाहि स्वरुप गीत डिलिट गराएको थियो भने आईदा छाडा शब्द प्रयोग नगर्ने शर्तमा छाडिएको थियो
।समिर घिसिङले एक साताअघि युट्युबमा रिलिज गरिएको ‘पारा’ बोलको गीतकै कारण अहिले पुनःबिबादमा परेका हुन् । सार्बजनिक गीतमा आपत्तिजनक शब्द प्रयोग गरेको कारण उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ । बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।
साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भइसकेको बताएको छ । र्यापर समिर घिसिङ गीतकै कारण बिभिन्न कन्सर्टहरुमा समेत उनलाई ढुंगा प्रहार गरी बिरोध गरिएको थियो । यस्तै गत बर्ष नै अष्ट्रेलियाको एक कन्सर्टमा समेत दर्शकहरुले बोतल प्रहार गरेर लफडा गरेका थिए ।








