नेकपा सचिवालय बैठक स्थगित

१७ आश्विन,काठमाण्डौ ।
आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शनिवार दिउँसो ४ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक आइतबार ४ बजे बस्ने गरी स्थगित भएको हो । अब आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति लगायतका बिषयमा छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठनको लागि ठोस मापदण्ड बनाउने विषयमा छलफल भइरहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी एकलौटी रुपमा मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेपछि शीर्ष नेताहरु असन्तुष्ट देखिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।