१ करोडको क्षतिपूर्ति माग सहित गायक प्रमोद खरेल बिरुद्ध मुद्दा दायर

१७ आश्विन,काठमाण्डौ ।
गायक प्रमोद खरेलविरूद्ध १ करोड रुपैयाँ क्षतिपूर्ती माग गर्दै मुद्दा दायर भएको छ । विन्ध्यवासीनि म्युजिक प्रा.लि.का सञ्चालक सुवास रेग्मीले प्रतिलिपि रजिष्टारको कार्यलयमा गायक खरेल विरूद्ध मुद्दा दायर गरेका हुन् । गायक खरेलले विभिन्न गीतका ट्र्याकहरु अनुमतिबीना प्रयोग गरेको भन्दै रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर गरेका हुन् । विभिन्न समयमा देश तथा विदेशमा आयोजित कार्यक्रमहरुमा गायक खरेलले विन्ध्यवासीनिका ट्र्याकहरु प्रयोग गरेर गीत गाउँदै आएको भन्दै शुक्रबार रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर भएकाे हाे ।लाखौंको लगानीमा निमार्ण हुने यस्ता ट्र्याकहरु अनुमतिबीना प्रयोग गर्नुले आफ्नो नैतिक एवं आर्थिक अधिकारको हनन् एवं प्रतिलिपि अधिकार समेत हनन् भएको विन्ध्यवासीनिका सञ्चालक रेग्मीले बताएका छन् ।

कम्पनीकातर्फबाट विज्ञप्ती जारी गर्दै सञ्चालक रेग्मीले यसरी हनन् भएको नैतिक एवं आर्थिक अधिकारको क्षतिपूर्ती भरिमाग्न माग गरेका छन् । यसरी लोकप्रिय गायकले नै ठूलो कम्पनीका ट्र्याकहरु चोरी गरेर प्रयोग गर्नु लज्जास्पद रहेको भन्दै रेग्मीले १ करोड नेपाली रुपैयाँ क्षतिपूर्ती माग गर्दै प्रतिलिपि रजिष्टारको कार्यलयलाई निवदेन लेखेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।