देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना पुष्टी

२७ भाद्र,काठमाण्डौ ।
‘भोकलाग्यो’ भनेर टिभि सिरियलमा चिनिएका हाँस्य कलाकार देवीराम पराजुलीलाई कोरोना पोजेटिभ भएको उनी आफैले फेसबुक मार्फत् जानकारी गराएका छन् । उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’ उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।