सुशान्त मृत्यु प्रकरणः रियाले यसकारण छोडिन् उनको अपार्टमेन्ट

एजेन्सी ।
अभिनेत्री रिया चक्रवर्तीले अन्तत: सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणबारे मिडियासामु बोलेकी छिन् । सुशान्तको मृत्युको ७५ दिनपछि रियाले सुशान्तको अपार्टमेन्ट छोडेर जानुको कारण बताएकी छिन् । साथै रियाले उक्त दिन महेश भट्टलाई ह्‍वाट्स एपमा पठाएको म्यासेजबारे पनि बताएकी छिन् । सुशान्तको १४ जुनमा मृत्यु भएको थियो, रियाले ८ जुनमा घर छोडेर गएकी थिइन् । त्यसअघि लकडाउनको समयमा रिया सुशान्तसँगै बान्द्रास्थित अपार्टमेन्टमा थिइन् । आजतकलाई दिएको अन्तर्वार्तामा ८ जुनमा सुशान्तसँग झगडापछि उनी आफ्नो घर गएको बताएकी छिन् । तर सुशान्तले सो दिन एकचोटि पनि रियालाई कलब्याक नगरेकाले रिया निकै दुखी भएको पनि उनले अन्तर्वार्तामा भनेकी छिन् ।

रियाका अनुसार सुशान्तले १ जूलाईदेखि नै उनलाई घर जान र त्यहाँ नबस्‍न भनिरहेका थिए । सुशान्तको मुड स्विङका कारण उनलाई पनि (एन्जाइटी अट्याक) आउने गरेको रियाले बताएकी छिन् । तर रिया भने सुशान्तकी दिदी मीतु नआईकन सुशान्तलाई एक्लै छोडेर नजाने अडानमा थिइन् । सुशान्तले रियालाई घर गएर थेरापी गर्न पनि सुझाएको बताएकी छन् ।

अन्तत: सुशान्तले दिनदिनै त्यहाँबाट जान भनेपछि उनी दुखी हुँदै गएको उनले बताइन् । साथै रियाले महेशसँगको ह्‍वाट्स एप म्यासेजबारे पनि मिडियालाई बताएकी छिन् । रियाले सुशान्तले घर छाडेर जान भनेको र गएपछि एकचोटि पनि कल गरेर नबोलाएकामा दु:खी भएका कारण महेशसँग कुरा गरेको बताएकी छिन् ।

ह्‍वाट्स एप म्यासेजमा रियाले लेखेकी थिइन्, “सर भारी मनका साथ अघि बढेको छु । तपाईंसँग अन्तिमपटकको कुराकानीले मेरो आँखा खोलिदिएको छ । तपाईं पहिलो पनि र अहिले पनि मेरा लागि फरिस्ता हुनुहुन्छ ।”त्यस्तै उताबाट महेशले रिप्लाई गरेका छन्, “अब पछाडि फर्केर नहेर, अब आवश्यक कुरालाई ध्यानमा राख । तिम्रो बुबालाई मेरो माया सुनाइदिनु । अब त उहाँ खुसी हुनुहुन्छ होला ।” रियाले सुशान्तको जिन्दगी नियन्त्रण गर्न कहिले पनि नखोजेको बताएकी छिन् । (नवभारत टाइम्स बाट) Photo:India TV news

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।