३ भाद्र,काठमाण्डौ ।
‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको ‘देशद्रोही’ बोलको गीतमा नेपालको झण्डा जलाइएको बारे चौतर्फि विरोध भएपछि युट्बे गायक मंगोल ग्याल्जी सहित ९ जना प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यससम्बन्धी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
चौतर्फी विरोधपछि उक्त गीतमा झण्डा जलाएको क्लिप हटाएर मंगलबार फेरि युट्युबमा अपलोड गरिएको छ। नेपालका बाहुन-क्षेत्रीलाई शरणार्थी भन्दै गाली गरिएको उक्त भिडियोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतको फोटो जलाइएको छ । File Photo







