नेपालको राष्ट्रियता र जातीय सद्भावविरुद्धको गीत युट्युवमा

२ भाद्र,काठमाण्डौ ।
देशद्रोही शीर्षकको म्युजिक भिडियो सोमबार मंगोल हप अफिसियल नामक च्यानलबाट अपलोड गरिएको छ । भिडियो सार्बजनिक भए लगत्तै सामाजिक संजालमा गीतको ब्यापक बिरोध भईरहेको छ । सामाजिक संजालमा गीत बनाउनेलाई कडा कार्बाहीको माग समेत गरिएको छ । उक्त भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिनुका साथै समाजमा जातिय दन्द निम्त्याउने किसिमका शब्दहरु प्रयोग गरिएको छ । नेपालको राष्ट्रियता र जातीय सद्भावविरुद्ध घृणा फैलाउने आपत्तिजनक शब्दहरु समाबेश गरिएको गीत हुनाले चौतर्फी रुपमा बिरोध भईरहेको हो । र्‍याप बिधामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको भिडियोमा देख्न पाईन्छ ।

यसैबिच राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।